Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तु प्रहरीले खैरो हेरोइन सहित ४ जना कारोबारीलाई पक्राउ

काठमाडौं : कपिलवस्तुको बाणगंगा नगरपालिका– ७ घेरुवा बनागाईमा प्रहरीले छापा मारेर खैरो हेरोइन सहित ४ जना कारोबारीलाई पक्राउ गरेको छ।

विशेष सुराकीका आधारमा प्रहरीले स्थानीय ३६ वर्षीय ज्ञानराज परियारबाट १ ग्राम २९० मिली ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको हो। परियार बाणगंगा नगरपालिकामा लामो समय देखि लागु औषधको कारोबार गर्ने मुख्य अभियुक्त रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।

परियारसँगै सजिद क्षेत्री, देब जिसि र आकाश परियार समेत पक्राउ परेको छन्। प्लाष्टिकको डब्बा भित्र ३० बढी पुरियामा खैरो हेरोइन राखेको अवस्थामा बरामद गरिएको हो। लागु औषध सेवन कर्ताहरुले यी कारोबारीबाट लागु औषध किन्ने गरेका थिए।

अदालतबाट लागु औषध शीर्षक अन्तरगत म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताए। गत भदौ २८ गते प्रहरीले सुद्धोदन गाउँपालिका र बाणगंगा नगरपालिकामा गरी ४ जना लागु औषध कारोबारी पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै