Comments Add Comment

Advertisment

SKIP THIS

पर्साकी कान्तिदेवी हत्या आरोपमा जेठाजु पक्राउ : चोरी गर्न जाँदा ब्युँझिएपछि हत्या

१६ असोज , काठमाडौ । पर्साकी ५६ वर्षीया कान्तिदेवी वीनको हत्यामा उनकै जेठाजुको संलग्नता रहेको पाइएको छ। चोरी गर्न जाँदा ब्युँझिएपछि जेठाजुले हत्या गरेको खुलेको हो ।

गत असोज २ गते जगरनाथपुर गाउँपालिका वडा न ५ बस्ने वीन घरभित्रै मृत अवस्थामा फेला परेकी थिइन्।

घटना थाहा भएपश्चात प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। शव पोस्टमर्टमका लागि नारायणी अस्पताल पठाइएको थियो। मृतकका छोरा वैदेशिक रोजगारीमा भएकाले जेठाजु पर्ने चन्द्रिका राउत वीनलाई प्रहरीले शव जिम्मा लगाएको थियो।

कान्तिका छोरा अर्जुन मुखिया वीन विदेशबाट आएपछि उनले सोही ठाउँका लालबाबु राउत वीनविरूद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। खोजी गर्दै जाँदा प्रहरीले उनलाई असोज ७ गते पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको थियो।

‘अनुसन्धानका लागि हामीले लालबाबुमाथि सोधपुछ गर्ने गरिरहेका थियौं। त्यसैबीच परिवारलाई पनि उनीमाथि नै शंका लागेपछि किटानी जाहेरी लिएर आए,’ डिएसपी थापाले भने, ‘सोधपुछको क्रममा उनले हत्या गरेको पनि स्वीकारे। त्यससँगै अरू दुई जनाको संलग्नता भएको पनि बताए।’

बयानका क्रममा लालबाबुले मृतकका जेठाजुहरू चन्द्रिका राउत वीन र अमिकी भनिने अमिरीका राउतको पनि घटनामा संलग्नता भएको बताएका थिए। त्यसपश्चात उनीहरूलाई असोज १४ गते पक्राउ गरिएको डिएसपी थापाले बताए।

‘उनीहरूले घरमा चोरी गर्ने योजना बनाएका थिए। त्यसैले कान्तिदेवीको घरमा सुरूङ बनाइ घरभित्र प्रवेश गरी चोरी गर्नको लागि बक्साहरू खोतल्दै थिए। त्यही समयमा कान्तिदेवी ब्युँझिइन्। कान्तिदेवीले पोल खुलाउने डरले उनको हत्या गरेको प्रतिवादी लालबाबुको बयानबाट खुलेको हो’, बयान उद्धृत गर्दै डिएसपी थापाले भने।

आफूहरू मिलेर कान्तिदेवीको टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएको र त्यसपश्चात सिरानीले मुख थुनि खुर्पीले घाँटी रेटी हत्या गरेको लालबाबु राउत वीनले बयान दिएका छन्।

कान्तिदेवीका छोरा अर्जुन मुखिया वीन मलेशियामा रहेको हुँदा घरमा थुप्रै रकम हुनुपर्ने आरोपित जेठाजुहरूको अनुमान थियो। तर घरमा पुगेर खोज्दा केही फेला नपारेको पनि बयानमा बताएका छन‍्।

‘उनीहरूले घरबाट केही लग्न पाएनन्। छोरा विदेशमा भएको हिसाबले धेरै पैसा हुन्छ भन्ने अनुमान लगाए। तर केही फेला पारेनन्,’ डिएसपी थापाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment