Comments Add Comment

Advertisment

SKIP THIS

टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने

६ कात्तिक, काठमाडौ । नेपाल प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ ।

दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।

टीकाको दिन सशस्त्रले पनि निस्शुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment