Comments Add Comment

Advertisment

SKIP THIS

आगलागीबाट तीन बिगाहा खेतको धान नष्ट

१३ मंसिर काठमाडौ । रौतहटको देवाही गोनाही नगरपालिकामा तीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ ।

देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो ।

आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको भारी बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । बुधाई यादवले लगाएको तीन बिगहा धानको भारी जल्दा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ भने उक्त घटनाबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment