Comments Add Comment

Advertisment

SKIP THIS

भूकम्पमा ज्यान गुमाएका नलगाड च्युरी गाउँका १३ जनाको गरियो सामुहिक दाहसंस्कार

१९ कात्तिक , काठमाडौ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ च्युरी गाउँमा भूकम्पमा परि ज्यान गुमाएका १३ जनाको सामुहिक दाहसंस्कार गरिएको छ।

उनीहरूको स्थानीय नलगाड खोलामा सामुहिक दाहसंस्कार गरिएको हो। शुक्रबार रातिको भूकम्पमा नलगाड नगरापलिका वडा नम्बर १७ जनाको मृत्यु भएकोमा १३ जना च्युरी गाउँका मात्रै हुन्। च्युरी गाउँमा एकै परिवारका चारजनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो।

उनीहरूको आज बिहान दाहसंस्कार गरिएको हो। नलगाडको वडा नम्बर १ मा ४ वर्षका बिशाल बिक, २४ वर्षीया मनिषा बिक, २३ वर्षीय सुजल बिक, ५८ वर्षका दत्तबहादुर कुमाईंको निधन भएको थियो।

यस्तै, २४ वर्षीय भीमसेन बिक, ४ वर्षका सन्दिप बिक, २१ वर्षीया कमला बिक, ७ वर्षीय प्रदेश बिक, १४ वर्षीया बिमला बिक र १२ वर्षीय सुनिल बिकको पनि शुक्रबार राती नै घरमा पुरिएर मृत्यु भएको थियो।

त्यस्तै ४५ वर्षीया चन्द्रकली कामी, ५५ वर्षीय हिरे कामी, ४ वर्षीयका सुशान्त परियार, ८ वर्षीय विनय परियार, १० वर्षीया सपना बिक, १६ वर्षीया अमृता पुन र १४ वर्षीया बिनिता पुनको पनि भूकम्पममा पुरिएर शुक्रबार राति नै ज्यान गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment