Comments Add Comment

Advertisment

SKIP THIS

टिकटक लाईभमा गोप्य अंग देखाएर भाईरल भएकी शान्ती बराल रास्वपा प्रवेश गर्न लागेकी हुन् ?

२१ कात्तिक , काठमाडौ । टिकटकमा गोप्य अंग देखाएको भन्दै माओवादी केन्द्रले कारबाही गरेकी रुपन्देहीकी शान्ती बराल रास्वपा प्रवेश गर्ने तयारी गरेको भन्दै सामाजिक संजालमा रोईलो शुरु भएको छ ।

नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जालमा अश्लील हर्कत गरेको भन्दै कारबाहीमा परेकी बराललाई रास्वपाका नेताहरूले पार्टीमा प्रवेश गराउन लागेको हल्ला चलाउने नेकपा माओवादी र नेकपा एमालेका समर्थकहरु रहेको बताएका छन् ।बढ्दै गएको रास्वपको लोकप्रियतालाई क्षति पुराउने उदेश्यले यस्तो हल्ला चलाइएको रस्वापाका एक नेताले सिधा कुरालाई बताए ।

उनले भनेका छन् कुनै अर्को पार्टीमा रहदा बदनाम कमाएको व्यक्तिलाई रास्वपामा कुनै स्थान रहदैन ।रास्वापाका सभापति रबि लामिछानेले समेत शान्ति बराल रास्वापा प्रवेश गर्ने बारे आफुलाई कुनै जानकारी नभएको बताएको एक नेताले बताए । अहिले पार्टीको ध्यान जाजरकोटमा गएको भूकम्पबाट पिडितको उद्दार र राहत वितरणमा लागेको रबि लामिछानेको भनी उदृत गर्दै ती नेताले बताए । रास्वपाको समर्थक जो सुकै हुन् सक्छन तर जो सुकै रास्वपको सदश्य हुन् सक्दैन ती नेताले भने ।

बराल गएको चुनावमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका बालकृष्ण खाँडका पक्षमा खटिएकी थिइन । सामाजिक सञ्जालमा संवेदनशील अङ्गको प्रदर्शन गरेर फलोवर्स बटुलेको आरोपसहित माओवादी केन्द्र रुपन्देही सैनामैना नगरकमिटीमा आबद्ध बराललाई सोमबारमात्रै साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको विज्ञप्तिमार्फत सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै