Comments Add Comment

Advertisment

SKIP THIS

दिमाग खराबको ‘हजुरी’ सार्वजनिक

२३ कात्तिक , काठमाडौ । शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म दिमाग खराबुले नयाँ गीत रिलिज गरेको छ । ुहजुरीु बोलको सार्वजनिक गीतमा जयन जे वाइवाको शब्द-संगीत तथा स्वर रहेको छ । गायनमा उनलाई मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र दयाहाङ राई देख्न सकिन्छ ।

आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठ्ठीभरका मानिसको कठपुतली भईंदिँदा भूईंमान्छेले अपनत्व महसुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको फिल्मको गीतले भुईँ मानिसको पीडालाई व्यक्त गरेको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा विशेष भूमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन छ । फिल्मलाई काठमाडौँ भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment