Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा थपियो तीन पद

१४ मंसिर काठमाडौ । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा पद थप गर्ने गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरेको हो । स्वीकृत भएको नियमवाली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

योसँगै प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बीचमा सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप्ने हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment