Comments Add Comment

Advertisment

SKIP THIS

नेपाललाई ३०३ रनको लक्ष्य, रेड्डीले बनाए १४७ रन

७ माघ ,काठमाडौ । आईसिसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा न्यूजिल्यान्डले नेपाललाई ३ सय ३ रनको लक्ष्य दिएको छ।

पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २ रन जोड्यो।

न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डी एक्लैले १ सय ४७ रन बनाए। अविजित रहेका रेड्डीले चौथो विकेटका लागि कप्तान ओस्कर ज्याक्सनसँग १ सय ५७ रनको साझेदारी गरेका थिए। ज्याक्सनले ७५ रन जोडे।

६७ रनमा तीन विकेट गुमाएको किविज टोलीलाई ज्याक्सन र रेड्डीले शानदार योगफलमा पुर्योए। नेपालका बलर सुबास भन्डारीले ३, गुल्सन झाले २ तथा दीपेश कँडेल, आकाश त्रिपाटी र तिलक भन्डारीले एक एक विकेट लिए। जारी प्रतियोगितामा नेपालको यो पहिलो खेल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment