Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा होटलको कोठा भाडामा लिई जुवा खेलिरहेका ११ जनालाई १३ लाख सहित प्रहरीले पक्राउ

काठमाडौँ : होटलको कोठा भाडामा लिई जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेका छ।

सोमबार राति १० बजेर ५ मिनेटको समयमा काठमाडौं महानगरपालिका वडा नं २६ ज्याठा स्थित अमला रोका मगरले संचालन गरेको होटल भियानाको कोठा नं ६१२ मा लीला डाँगीले कोठा भाडामा लिई जुवा खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोली उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नमा काठमाडौँ गोकर्नेशोर नगरपालिका-६ जोरपाटी बस्ने ५४ वर्षीय अरुण घिमिरे, काभ्रेपलान्चोक घर भएका ४४ वर्षीय हरिबोल खनाल, चितवन घर भएका ४१ वर्षीय दिपक गुरुङ, काभ्रेपलान्चोक घर भएका २८ वर्षिय किशोर अधिकारी, नुवाकोट घर भएका ४४ वर्षीय कृष्ण बहादुर राई, नुवाकोट भएका २८ वर्षीय शंकर शाही, रुपन्देही घर भएका २६ वर्षीय घनश्याम शर्मा, नुवाकोट घर भएका ३० वर्षीय राजु पन्त, रोल्पा घर भएका ३६ वर्षीय लीला डाँगी, बाँके घर भएका ४० वर्षीय मेघनाथ बुचबन्दिया र गोरखा घर भएका ३५ वर्षीय अर्जुन गुरुङ रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट तेह्र लाख बैसठ्ठी हजार पाँच सय रुपैयाँ बरामद भएको र पक्राउ परेकाहरूलाई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै