Comments Add Comment

Advertisment

SKIP THIS

बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको दुर्घटनामा मृत्यु

१७ माघ, काठमाडौ । बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको मोटरसाइकल दुर्घटना मृत्यु भएको छ । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो ।

बुधबार ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको र पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए । मोटरसाइकललाइ ठक्कर दिने बस चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment