Comments Add Comment

Advertisment

SKIP THIS

धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नु : मेयर बालेन

२२ माघ, काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शहरी विकास मन्त्रालयले पार्किङ नगराउन लेखेको पत्रको जवाफ दिँदै सो कुरा बताएका हुन् ।

उनले निर्माण पुरा नभइकन पार्किङ गराउन नमिल्ने भन्दै पत्राचार गरेको  प्रति आक्रोश पोखेका हुन् । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् ।

साहले निर्माण सम्पन्न नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यसलाई पनि भ्रष्टाचारकै नयाँ रूपमा राख्न भनेका छन् । उनले धरहराको पार्किङमा शुल्क उठाए सरकारी सम्पत्तिमा रजाइँ गर्ने मनासय देखिएको समेत बताएका छन् ।

‘उद्घाटन गरेको दुई वर्ष नौ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?,’ मेयर बालेन लेख्छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

उनले लेखेका छन्, ‘२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उद्‌घाटन भयो । सोही उद्‌घाटनलाई काठमाडौँका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे ।’

तर केही दिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।’

उनले तोकिएको समयमा निर्माण भइ नसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्‌घाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन प्रस्ताव गरेका छन् । उनले संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी रहेको उल्लेख गर्दै निर्माण सम्पन्न नभइ उद्‌घाटन गर्ने कुप्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment