Comments Add Comment

Advertisment

SKIP THIS

बाँदरले दुः ख दिएपछि सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकामा पनि रुख काट्न आग्रह

२४ माघ , काठमाडौ । बाँदरले दुः ख दिएपछिसिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको छ। बाँदरले कृषि बालीनाली खाएर दुःख दिएको भन्दै वडा नम्बर ३ को वडाध्यक्ष शिव कुमार कार्कीले यस्तो सूचना जारी गरेको हो ।

वडाध्यक्ष कार्कीले वडा नं ३ को सबै बस्तीमा बाँदर लगायत बन्य जीव जनावरले कृषि बालीनाली सखाप पारेकोले फागुन भित्रआफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गर्न आग्रह गरेका छन् ।

सबै वडाबासीहरुलाई लक्षित गरेर जारी गरेको सूचनामा भनिएको छ,‘त्रिपुरासुन्दरी गाउँपालिका वडा नं।३ को सबै बस्तीमा बाँदर लगायत बन्य जीव जनावरले कृषि बालीनाली सखाप पारेकोले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरि बादर लगायत जंगली जीवजनावरको बासस्थान नष्ठ गर्नु पर्ने भएकोले यहि फागुन महिना भित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु ।’

साथैयस कार्यमा सवै टोल बिकास समितीर बन उपभोक्ता समितीरजनप्रतिनिधी समाजसेवीहरुले सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।
यसअघि पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले पनि बाँदरले बालीनालीमा दुःख दिएको भन्दै रुख काट्ने अभियान नै चलाएको थियो । चौतर्फी विरोध भएपछि वडा कार्यालय उक्त निर्णयबाट पछाडि हटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment