Comments Add Comment

Advertisment

SKIP THIS

हिमाल सरसफाइको लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

१५ मंसिर काठमाडौ । नेपालको पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहरको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मार्ग निर्देशन बनाउने गरी जुन महिनामा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

उक्त कार्यक्रममा हिमालय क्षेत्रका काम गरेको विभिन्न वैज्ञानिक, इन्जिनियर, वातावरण विज्ञ, डाक्टर लगायतको सहभागिता रहने भएको हो ।

यो सबै कामको मोडालिटी तय गर्नका लागि बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र स्पेशिनस कम्पनी द नेभररेस्ट प्रोजेक्टका प्रोजेक्ट डाइरेक्ट फेडरिक काउफमेनबीच मंगलबार सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सम्मेलनमा नेपालका हिमालहरूमा यस अघि नेपाली सेनाले गर्दै आएको हिमाल सरसफाइ सम्बन्धी तथ्याङ्कको अध्ययन तथा विश्लेषण गरिनुका साथै विश्वका अन्य देशका पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहरको दिगो व्यवस्थापनमा भएका मोडालिटीहरुको अध्ययन गरिने छ ।

साथै विश्वभरि नै पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा हुने फोहर व्यवस्थापन तथा सरसफाइको मापदण्ड बनाइने बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनञ्जय रेग्मीले जानकारी दिए ।

यसबाट हिमालको दिगो व्यवस्थापन गर्दै भावी पुस्तालाई स्वच्छ हिमाल हस्तान्तरण गर्न सकिने र विश्व समुदायमा हिमालको महत्त्व, हिमाल आरोहण गर्दा फोहर व्यवस्थापनका अरू विषयमा साझा धारणा तय हुने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment