Comments Add Comment

Advertisment

SKIP THIS

लुट्ने योजनामा बाफलमा ७५ वर्षीय पुरुषको हत्या

१७ मंसिर काठमाडौ । काठमाडौंको बाफलमा जलेको अवस्थामा फेला परेको शवको सनाखत गरेर आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

बाफलस्थित केशव पाण्डेको घरमा भेटिएको शव काभ्रेको मेच्छे घर भएका हर्कबहादुर बानियाँको पुष्टि भएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । कार्तिक ७ मा जलेको अवस्थामा शव भेटिएको थियो ।

रहस्यमय मानिएको सो घटना महानगरीय अपराध महाशाखाका डिएसपी कृष्णकुमार चन्द नेतृत्वको टोलीले अनुसन्धान गरेर आरोपीलाई पक्राउ गरेको छ । नैकाप घर भएका र बाफल क्षेत्रमा हिँड्ने ३३ वर्षीय सुशील शर्मालाई पक्राउ गरिएको एसएसपी खापुङले बताए ।

मोबाइल नबोक्ने र पहिचान खुल्ने कागजात, कपडासहित जलेको अवस्थामा फेला परेका हर्कबहादुरको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । तर, १० दिन अनुसन्धान गरेर वृद्धभत्ता लिनका लागि खोलिएको बैंक खाताको औंठाछाप र उनले लगाएको कपडाको स्केचको आधारमा प्रहरीले शव पहिचान गरेको छ ।

७५ वर्षका हर्कबहादुर बानियाँ बाफल क्षेत्रमा मागेर खान्थे । कार्तिक १ मा विदेशबाट फर्केका भतिजाले हर्कबहादुरलाई बाफलमा भेटेका थिए । भतिजले ‘किन यसरी बस्नुहुन्छ घर जाउँ’ भनेर रमाइला कुरा गरेर भिडियो पनि खिचे । र्हकबहादुरका भतिजसँग त्यसदिन सुशीलको पनि भेट भएको थियो । भिडियो खिचेको र कुरा गरेको शर्माले नजिकबाट नियालिरहेका थिए ।

हर्कबहादुरका भतिज विदेशबाट फर्केको थाहा पाएपछि आरोपीलाई लाग्यो– ‘काकालाई उनले टन्नै पैसा दिएर गएका छन् ।’ त्यसपछि सुशीलले हत्या गर्ने योजना बनाए । सुशीललाई बाफल क्षेत्रमा ‘जुम्रे’ भनेर बोलाउँथे । हर्कबहादुरलाई गाईबाख्रा चोकस्थित आफु सुत्ने गरेको खण्डघर घरमा लिएर गए । मदिरा खुवाए र सुतेको बेलामा पैसा लुट्ने योजना बनाए ।

मध्यरातमा र्हकबहादुरको गोजीमा हात लम्काए । खल्तीबाट ५० रुपैयाँको नोट निकालेपछि बानियाँले थाहा पाए । त्यसपछि उनिहरुको बीचमा झगडा भयो । बानियाँले गाली गर्न थालेपछि धकेलेर उनको टाउको भित्तामा ठोक्काएको सुशीलले प्रहरीसँग बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै