१७ असार, काठमाडौ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहकहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ Master card Issuance सेवा शुभारम्भ गरेको छ ।
आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड Issuance सेवाको शुभारम्भ गरिएको हो । डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने Master card बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहक महानुभावहरुले प्राप्त गर्न सक्नुहुनेछ ।
जसमा अत्याधुनिक सुरक्षा प्रविधि EMV Chip तथा अत्याधुनिक ऋयलतबअतभिकक प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत् ग्राहक महानुभावहरुले नेपाल, भारत र भुटानबाट ATM withdrawal को साथमा POS तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नुहुनेछ ।
‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात Master card बीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ ।
कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म VISA कार्डबाट सेवा प्रदान गरिरहेको थियो । एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।






