Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा ऐतिहासिक पाटी जीर्ण अवस्थामा, नयाँ फल्चा उद्घाटन भए पनि पुरानो सम्पदा उपेक्षित

तारकेश्वर नगरपालिका–७, फुटुगंमा अवस्थित करिब १०० वर्ष पुरानो ऐतिहासिक पाटी अहिले जीर्ण अवस्थामा पुगेको छ।

संरक्षणतर्फ सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।

वि.सं. १९९४ सालमा निर्माण गरिएको उक्त पाटीको भित्ताभित्रै शिलालेख भेटिन्छ, जसमा “स्व रित श्री स म्व त १९९४ सालमा घा मा अ प सा मो दा ले व ना य का पा ती” भन्ने उल्लेख छ। यसले पाटीको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई झल्काए पनि हाल संरचना भत्किँदै नासिनु पर्दा स्थानीयहरू चिन्तित बनेका छन्।

यता केही समयअघि मात्र बागमती प्रदेश सरकारको बजेटमा तारकेश्वर नगरपालिका–१० स्थित ऐतिहासिक नाट्यश्वर (नास:द्य) मन्दिर परिसरमा निर्माण गरिएको पुरातात्विक महत्व बोकेको फल्चाको औपचारिक उद्घाटन सम्पन्न भयो। बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा नगर प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी, वडा अध्यक्ष कुमार राई, वडा सदस्यहरू, धार्मिक अगुवा गणेश अजिमा धामी, स्थानीयवासी तथा पत्रकारहरूको उपस्थिति थियो।

समारोहमा नयाँ संरचना उद्घाटनले मन्दिर परिसरको सौन्दर्यीकरण, सांस्कृतिक पहिचानको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको थियो। तर अर्कोतर्फ फुटुगंमा रहेको ऐतिहासिक पाटी उपेक्षाका कारण जीर्ण हुँदै गएको दृश्यले स्थानीयहरूलाई निराश तुल्याएको छ।

स्थानीयवासीहरूको भनाइमा, “नगरपालिकाले नयाँ संरचना निर्माण मात्र होइन, पुराना सम्पदाको संरक्षण र मर्मतसम्भारमा पनि ध्यान दिन जरुरी छ।” तर यसतर्फ कुनै ठोस पहल नदेखिनु खेदजनक रहेको उनीहरूको धारणा छ।

विशेषज्ञहरूका अनुसार, पुराना सम्पदाहरूको संरक्षणले समुदायको सांस्कृतिक इतिहासलाई जोगाउने मात्र होइन, पर्यटन आकर्षणमा पनि दीर्घकालीन योगदान पुर्‍याउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै