Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

२२ मंसिर काठमाडौ । त्रियुगा नगरपालिका–११ पीजी चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका– ११ का ५६ वर्षीय कर्ण सुन्दासको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

असारीबाट गाईघाट आउँदै गरेको प्रदेश १–०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुन्दास घाइते भएका थिए । उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

मोटरसाइकल चालक त्रियुगा नगरपालिका(१३ असारी राई चोकका २९ वर्षीय विरेन राई समेत घाईते भएका छन् । उनको पनि न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment