२७ मंसिर, काठमाडौ । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको हो ।
मुलुकी ऐनमा जन्मकैदको सजाय भए २० वर्ष कैद हुने व्यवस्था छ । आरोपितमध्ये अर्का भक्तिराम लामिछानेलाई तीन वर्षको कैद सजाय भएको छ ।







