Comments Add Comment

Advertisment

SKIP THIS

छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एकयुवक पक्राउ

२९ मंसिर काठमाडौ । ईटहरी उपमहानगरपालिका-४ बस्ने ५१ वर्षीय श्रीमुरारी गिरीको हत्या गरेको अभियोगमा उनकै सालो भोजपुर हतुवागढी गाउँपालिका घर भएका १९ वर्षीय अर्जुन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भिनाजुकै घरमा बस्दै आएका राईले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका गिरीको बिराटनगर नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment