२९ आषाढ ,काठमाडौ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्न ढिला गरेपछि शपथग्रहण कार्यक्रम शुरु हुन सकेको छैन । ओली आउन ढिलाइ भएपछि शपथ निर्धारित समयभन्दा ढिला हुन लागेको हो ।
यसअघि, ६ बजे सुरु हुने भनिएको शपथ राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि पछि धकेलिएको थियो । यतिबेला नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास पुगिसकेका छन् । शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् । उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् । देउवाले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि पोखेका थिए ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ ९५० अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकिर छ ।