Comments Add Comment

Advertisment

SKIP THIS

वीरगञ्जबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ

२८ साउन ,काठमाडौ । पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् ।

ब्रह्मचोकस्थित एक होटलमा प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुको साथबाट एउटा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले उनीहरुमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment