Comments Add Comment

Advertisment

SKIP THIS

चोरी निकासी गर्ने अवैध सालको काठ सहित ३ जना पक्राउ

.(सागर थापा)

११ भदौ , काठमाडौ ।  देउखुरीमा शुक्रबार बिहान रातिको ३ बजे गोप्य सूचनाको आधारमा दाङ प्रहरीले ५३.८९ क्युफिट अवैध सालको काठ सहित ३ जनालाई पक्राउ गरेको छ ।

गए राती करिब ३ बजे गढवा ६ क्रकहवाबाट लमही तर्फ लु २ च ७७४१ नम्बरको पिकअप जिपमा १७ थान चिरानको ५३।८९ क्युफिट अवैध सालको काठ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिइ शुक्रबार डिभिजन वन कार्यालय दाङ लमहीलाई बुझाएको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर निवासी २४ वर्षिय साहीद मुसलमान, राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी २६ वर्षिय प्रदिपकुमार चौधरी र सोही पालिका वडा नम्बर ८ पिपरा निवासी ३७ वर्षिय बिनोद चौधरी लगाएत रहेको दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment