Comments Add Comment

Advertisment

SKIP THIS

२ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि : २५ को मृत्यु

११ भदौ , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७५२ जनाको पीसीआर परीक्षणमा १ हजार ५७७ र ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ३३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment