Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु

१३ मंसिर काठमाडौ । कैलालीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

घोडाघोडी १ का करिब २० वर्षीय रुद्र बोहराको मृत्यु भएको छ। अरू तीन जना गम्भीर घाइते भएका छन्।

घोडाघोडी नगरपालिका १ बेलकोटामा से ६ प ६९० नम्बरको मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको थियो।

घाइते हुनेमा सोही ठाउँका करिब ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेको जिल्ला प्रहरी कार्यलय कैलाली जनाएको छ।

घाइतेमध्ये दुई जनालाई मेडिकल कलेज पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

हामी बिच रहेनन् अब “राजबहादुर चन्द”

पानीमा डुबेर एक बालकको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु