२१ माघ, काठमाडौं । प्रहरीले दाङको बबई गाउँपालिका-६ पञ्चकुले चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय संजिव बोहरा समेत ३ जनालाई करिब ३ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिहीबार बेलुका पक्राउ गरेको छ ।
उक्त चोकमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


