Comments Add Comment

Advertisment

SKIP THIS

जुम्लामा हिउँले कठ्यांग्रिएर थप एक जनाको मृत्यु

२३ माघ , काठमाडौं । जुम्लामा हिउँले कठ्यांग्रिएर थप एक जनाको मृत्यु भएको छ ।

तातोपानी गाउपालिका-७ वारा गाउँका ४२ बर्षका मुन रावतको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि तातोपानी-८ की ३७ वर्षकी देवी शाहीको पनि मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment