Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली सेनाका महारथी र प्रधान सेनापति दर्जाका कुरा

२६ माघ , काठमाडौ । बि. सं. १६१६ असोजमा स्थापित नेपाली सेनाको (उस बखत गोर्खाली सेना भनिन्थ्यो) पहिलो सेनापति काजी भगीरत पन्त थिए । यो काजीको पदलाई नै भीमसेन थापाले विस्थापित गरी पहिलो पटक नेपाली सेनामा कमान्डर(इन)चिफ बनेर इतिहास राखेका छन् । त्यसपछि नेपाली सेनाको प्रधान सेनापतिलाई कमान्डर ( इन) चिफ भनियो।

यो कमान्डर ( इन) चिफ दर्जालाई पनि प्रधान सेनापति गुणशम्शेर राणाको पालामा चिफ अफ आर्मी स्टाफ को दर्जाले विस्थापित गर्यो र चिफ अफ आर्मी स्टाफ हालसम्म पनि कायम रहेको छ ।

नेपाली सेनामा महरथी दर्जा हो भने त्यो दर्जामा बढुवा भएपछि मात्रै प्रधान सेनापति को नियुक्ति हुन्छ अथवा नेपाल सरकारले गर्छ। प्रधान सेनापति दर्जा होइन नियुक्ति हो ।

कुनै पनि सेनामा एउटा देशमा एक जना भन्दा बढी महारथी हुन सक्छन् । तर, प्रधान सेनापतिको नियुक्ति चाहिं एक जनाले मात्र पाउछ।

नेपालमा पनि एक पटक शेर बहादुर मल्ल र अर्जुन नरसिंह राणा दुबै महारथी रहेको मैले नै देखें । यो नेपाली सेनामा इतिहास बनेर रहेको छ । तर, अर्जुन नरसिंह प्रधान सेनापति भएका थिए । (सेनाबारे जान्न चाहने र काम नगर्नु हुनेहरुको सामान्य ज्ञानको लागि(प्रेम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment