सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ -
Comments Add Comment

सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

२९ माघ, काठमाडौं । सर्लाही  प्रहरीले सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका -८ स्थितमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

सम्मानित सर्लाही जिल्ला अदालतको फैसला अनुसार सवारी ज्यान मुद्दामा दुई महिना कैद र दुई हजार जरिवाना भएको फरार प्रतिवादी सोहि न.पा.८ बस्ने बर्ष ३० को सुरज भन्ने चुडा बहादुर राईलाई  घर निजकैबाट पक्राउ गरेको हो ।

प्रहरीले  कानूनि नियमानुसारको कैद जरिवाना सहित सम्मानित सर्लाही अदालत मलंगवा पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment