Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरस्थित बलकुमारी मन्दिरमा साइरनसहितको सुरक्षायन्त्र जडान गरिने

१ फागुन, काठमाण्डौं । ललितपुरको सुनाकोठीस्थित बलकुमारी मन्दिरमा साइरनसहितको सुरक्षायन्त्र जडान गरिने भएको छ । मन्दिरमा रहेको तीन सय वर्ष पूरानो बालकुमारीको मुर्ति करिब तीन साताअघि हराएको थियो । हराएको मुर्ति खोज्न सरकारले विशेष अनुशन्धान टोली परिचालन गरेको थियो । उक्त टोलीले २० दिनपछि फेला पारेको मुर्ति पुन चोरी नहोस् भनेर साइरनसहितको सुरक्षायन्त्र जडान गर्न लागिएको हो । चोरी भएको मुर्ति सातदोबाटोनजिकबाट फेला परेको थियो ।

ललितपुर महानगर–२६ का वडाध्यक्ष बाबुराजा महर्जनले स्थानीय जनप्रतिनिधि गुठियार र बालकुमारी मन्दिरका भलाद्मीहरूको बैठकले मन्दिरको ढोकामा डोर सेन्सर, साइरन र जिपिएसलगायतका सुरक्षा प्रविधि अपनाउने निर्णय भएको बताए । सीसीटीभी जडान गर्ने तयारी हुँदै गर्दा मूर्ति चोरी भएको महर्जनको भनाइ छ । उनले भने, ‘हामीले मूर्ति चोरी भएपछि अन्डरलक समेत राखिसकेका छौं ।’

मूर्ति चोरी हुनुअघि मन्दिर प्रवेशद्वारमा नौ वटा ताला फोरेर मूर्ति चोरिएको मन्दिरका भलाद्मी पुनिराज महर्जनले बताए । उनका अनुसार मूर्ति चोरी भएपछि मन्दिर परिसरमा सीसीटीभी जडान भइसकेको छ । बैठकमा महानगरका वडाध्यक्षहरू  सहभागी थिए ।

मूर्तिसँगै चाँदीको आधा किलोको जामा सुनको तिलहरीलगायतका सामान भने नभेटिएको भलादमी महर्जनले बताए । उनले भने, ‘अन्य धेरै गरगहना सेफमा राखिएको थियो । ती खजाना भने चोरी भएको छैन ।’ बालकुमारी माई मूर्ति खोजी गर्न खोजीसहित गठन गरिएको थियो । गत ९ माघ राति मन्दिरबाट मूर्ति चोरी भएको थियो भने २८ माघ बिहान सातदोवाटोनजिक मूर्ति छोडिएको अवस्थामा भेटिएको थियो । २०५३ सालसम्म मन्दिरमा ६ जनाले मूर्तिको सुरक्षा दिने गर्थे ।

मन्दिरमा समुदायकै जेष्ठ नागरिकको परिवारले दैनिक पूजाआजा चलाउने गर्छन । भलाद्मी महर्जनका अनुसार पुजारीले मन्दिरको भेटी संकलन गर्ने अधिकार हुन्छ भने वर्षको डेढ मुरी धान, मकै तलब स्वरुप पाउँछ । बलकुमारी फाँट र बस्तीमा दुइ वटा मन्दिर छ । फाँटमा रहेको मन्दिर आमा र बस्तीको मन्दिरलाई छोरीको रुपमा पुज्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment