Comments Add Comment

Advertisment

SKIP THIS

निहारिका प्रकरण : अदालतमा हाजिर भए आरोपित शिवराज

२३ भदौ , काठमाडौँ । निहारिका राजपुतबाट जायजन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् ।

बुधबार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी उच्च अदालत पुगेका हुन् । यसअघि उच्च अदालत जनकपुरले निहारिकाको माग बमोजिम नै उनीबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरेका थिए ।

निहारिकाको माग बमोजिम अदालतले दुवैको डीएनए टेष्ट गराउने आदेश दिएको थियो । निहारिकाले आफूमाथि श्रेष्ठले जबरजस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएका छन्।

तर आरोपित श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौनसम्बन्ध भएको बताएका छन् । धनुषा जिल्ला अदालतले पनि जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाई दिँदै नाता कायमका लागि अर्कै मुद्दा लिएर आउन भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै