Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरी-४ मा मतगणना रोकियो

१० मंसिर , काठमाडौँ । सुनसरी- ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मत गणनामा कांग्रेसले धाँधलीको आशंका गरेपछि मतगणना रोकिएको हो ।

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् ।

मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन् । एमाले जगदिश कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै