चितवनमा सुन्तला उत्पादनमा वृद्धि -
Comments Add Comment

चितवनमा सुन्तला उत्पादनमा वृद्धि

२ माघ , काठमाडौं । चितवन जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

केन्द्रका सूचना अधिकारी मीनबहादुर पुन मगरका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष दुई सय मेट्रिकटनले सुन्तला उत्पादनमा वृद्धि भएको हो । उनका अनुसार यस वर्ष एक हजार ३७ दशमलव ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

जिल्लाको पहाडी क्षेत्रमा एक सय २५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । सोही क्षेत्रफलमा गत वर्ष आठ सय ३७ दशमलब ५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नौ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा सुन्तलाखेती हुने गरेको छ । यस वर्ष उत्पादन बढ्नुमा नयाँ रोपेका बोटले उत्पादन दिन सुरु गर्नु, कृषकले सुन्तला बगैँचामा राम्रो हेरचाह र मलजल गर्नुजस्ता कारण रहेका उनले बताए ।

उनले भने, “अघिल्ला वर्षमा सिँचाइको अभाव, बगैँचा व्यवस्थापनको कमी र पुराना बोट हुनु थियो ।” अहिले सुन्तलाका लागि उपयुक्त सिजन भएका कारणलेसमेत उत्पादन बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds