राप्ती नदीमा बाढी : एक बेपता, दुईजनाको उद्दार -
Comments Add Comment

Advertisment

SKIP THIS

राप्ती नदीमा बाढी : एक बेपता, दुईजनाको उद्दार

२२ असार , काठमाडौ । गएरातिदेखि अविरल वर्षापछि दाङको राप्ती नदीमा आएको बाढीमा परेर एकजना बेपत्ता भएका छन् । दुईजनाको सकुशल उद्धार गरिएको छ ।

लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुईजनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दूध बिक्री गर्न लमही गएका तीन जनामध्ये राजपुर गाउँपालिका २ का १९ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरेका प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment