२ पुष काठमाडौै । मोरङको बिराटनगरबाट स्कुटर चोरीमा संलग्न एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका-१२ पटुवारी टोल स्थितबाट स्कुटर चोरीमा संलग्न बिराटनगर-१२ का २२ बर्षिय गणेश कुमार राम पक्राउ परेका हुन् ।
मंसिर २९ गते राती साढे ७ बजे सृजना पन्तको को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका रामलाई हिजो जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।








