१२ पुष काठमाडौ । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअनतर्गत महिलातर्फको खेलमा नेपालले लगातार पाँचौ खेलमा पनि जित हासिल गरेको छ ।
बंगलादेशको ढाकामा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो । साविक विजेता नेपाल यसअघि नै फाइनल प्रवेश भने गरिसकेको छ । नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
किर्गिस्तानबिरुद्ध पहिलो सेट २५–८ ले जितेको नेपालले दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २४–१७ ले आफ्नो पक्षमा पारेको हो । यससँगै साविक विजेता नेपालले समूह चरणका पाँचै खेलमा जित निकालेको छ ।
अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै १४ अंक सहित शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो ।



