Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्रका तीन आयोगमा पुरानै नेतृत्वलाई फेरि जिम्मेवारी

१८ पुष , काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले तीन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ ।

आइतबार ढिलोगरी सुरु भएको बन्दसत्रले विधान अनुसारका तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको हो ।

बन्दसत्र सञ्चालन गर्दै नेता गणेश साहले अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई जिम्मेवारी दिने प्रस्ताव अनुमोदनका निम्ति पेस गरेका थिए । सो प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको हो ।

जारी महाधिवेशनमा माओवादी केन्द्रको नेतृत्व चयन प्रक्रिया अन्तर्गत सबैभन्दा पहिला तीन आयोगको नेतृत्व टुंगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment