२० माघ ,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनप्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनप्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको जनाएको छ ।


