Comments Add Comment

Advertisment

SKIP THIS

१७३ बोतल लागुऔषध सहित २ जना पक्राउ

४ फागुन, काठमाडौं । मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नं १५ रातोमाटे चेकपोष्टबाट १७३ बोतल लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा पथलैया बाट हेटौडा तर्फ आउदै गरेको ना १ ह ९४५० नं. को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटो चालक देश भारत बिंहार रक्सौल पुर्वी चम्पारण बस्ने वर्ष ३० को अरविन्द कुमार पाण्डे र उक्त अटोमा सवार देश भारत बिहार रक्सौल बस्ने वर्ष २६ की अमिता साह र १७३ बोतल लागुऔषध प्रहरीले सहित पक्राउ गरेको हो ।

अटोमा लुकाई छिपाई ल्याएको १७३ बोतल लागुऔषध फेला परेको हुनाले उनिहरुलाई उक्त लागुऔषध,अटो सहित नियन्त्रणमा लिई आइतबार सम्मानित मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद लिई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment