Comments Add Comment

Advertisment

SKIP THIS

काम सङ्गै सबैको बिश्वास जित्न सफल बिरुभाई कम्पनीका सन्चालक बिरेन्द्र खत्री

२४ जेठ , काठमाडौ । निषेधाज्ञाको कारणले विकास निर्माणका काम देखि राष्ट्रिय गौरबका आयोजनाहरु नराम्रो सँग प्रभावित भएका छन् ।

काममा ढिलासुस्ती र लापरबाही गर्ने कतिपय निर्माण कम्पनीहरुलाइ यो समय बाहना गर्ने राम्रो निहु बनेको पनि छ ।तर कतिपय निर्माण कम्पनीहरु भने निषेधाज्ञाको कठिन परिवेशको सामाना गर्दै आफ्नो जिम्मेवारी समयमै पुरा गर्ने अठोटका साथ काम गरिरहेको बताएका छन् ।

यस्तै मध्येको एक निर्माण कम्पनी हो बिरुभाइ टेड्रस एण्ड कन्ट्रक्सन प्राली। यो प्रालिले निषेधाज्ञाको कठिन अवस्थालाई पन्छाउदै विभिन्न निकाय सँग सहकार्य गरि आफ्नो जिम्मेवारीका कामहरु समयमै सक्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ ।

संचालक बिरेन्द्र खत्री सहित बिरुभाईका तिन भाई मिलेर आफ्नो जिम्मेवारीका निर्माण कार्यहरू तथा राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमै सम्पन्न गर्न तल्लीन छन् ।हाल अहिले यो कम्पनीले त्रिभुवन विमानस्थलको रिमोट पार्किङको काम गरिरहेको छ ।

उक्त स्थानमा काम धमाधम भइरहेको संचालक बिरेन्द्र खत्री बताउँछन् ।हामीले जनशक्ति देखि सवारीसाधन तथा अन्य पुर्वाधारहरु त्यहि तरिकाले व्यवस्थापन गरेका छौ,कुनै कारणले काम रोकिदैन खत्री भन्छन् ।संचालक खत्रीको समाजसेवाका काममा पनि उत्तिकै योगदान रहेको छ ।तोकिएकै समयमा काम सम्पन्न गर्नु बिरुभाइ टेड्रस एण्ड कन्ट्रक्सन प्रालीको विषेशता हो प्रालिका एमडि अरुण खड्का बताउँछन् ।

विगतमा पनि जिम्मा आएका कामहरू समयमै सम्पन गरेको स्मरण गर्दै खड्का भन्छन् निर्माण कम्पनीहरुले समयमै काम गर्दैन भन्ने भ्रम हामी चिर्दैछौ ।उक्त प्रालिले करिब २०० देखि ३०० मानिसलाई रोजगार उपलब्ध गराएको छ ।

हाल प्रालिका प्रतिनिधिहरु कपिल प्रधान ,सुशान्त भट्टराई लगाएतको टिम ठाउँ ठाउँमा व्यवस्थापन तथा सहजिकरणमा खटेको छ ।हामीले हामीलाई चाहिने सामाग्रीको लागि निश्चित व्यक्ति तथा केन्द्रहरु बनाएका छौँ त्यहि बाट अभाव पुर्ति हुन्छ बिरेन्द्रले हाम्रा खबरलाई बताए ।

उनका अनुसार हाल ७५ वटा गाडीहरु दैनिक काममा व्यस्त छन,तिनको लागि आवश्यक डिजेल ,पेट्रोल नारायणी आयल स्टोर बनेपा घनश्याम खत्री बाट उपलब्ध हुन्छ ।हामीलाई सबै क्षेत्र बाट निषेधाज्ञामा समन्वय र सहजिकरण सहयोग छ धन्यवाद दिन्छु खत्री भन्छन् ।यस अगाडि पनि उक्त प्रालिले ठुला ठुला आयोजनाहरु समयमै सम्पन्न गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment