Comments Add Comment

Advertisment

SKIP THIS

चितुवाको उद्धार

०७ फागुन , काठमाडौं ।  बागलुङ नगरपालिका–३ पाखाथरमा आज बिहान बिरामी अवस्थामा भेटिएको एक चितुवालाई डिभिजन वन कार्यालयले उद्धार गरेको छ ।अन्दाजी डेढ वर्षको उक्त चितुवालाई कार्यालयमा रहेको खोरमा राखी रेखदेख र परीक्षण थालिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिनुभयो । “चितुवाको अवस्था गम्भीर नै छ, विष खाएर बेहोस भएजस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “भोलिसम्म राखेर हेर्छौं, नत्र थप उपचारका लागि बाहिर पठाउनुपर्ने हुन्छ ।”

बिरामी भएर बाटामा लडेका अवस्थामा देखेपछि स्थानीयवासीले कार्यालयलाई खबर गरेका थिए । कार्यालयका कर्मचारी र प्रहरीले त्यसको उद्धार गरेका थिए । उपचारबाट निको भएमा चितुवालाई जङ्गलमा लगेर छाडिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment