Comments Add Comment

Advertisment

SKIP THIS

ठमेलबाट ५ तोला सुनको सिक्री चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ

२४ चैत , काठमाडौं । प्रहरीले सुनको सिक्री चोरी गरेको आरेपमा महानगरपालिका-२७ ठमेल ज्याठास्थित सडकबाट एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले हिजो उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई पक्राउ गरेको हो ।

उक्त स्थानमा सुनको सिक्री लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका – २ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment