Comments Add Comment

Advertisment

SKIP THIS

दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२५ बैशाख , काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–७ मा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००९ प ९५ ४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए ।

मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउद रहेका छन् ।

दुर्घटनामा परि गम्भीर घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका अर्का चालकको पद्यमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै