Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरमा साहुको हत्या, ४ जना पक्राउ

२९ जेठ , काठमाडौं । भक्तपुरको मध्यपुरथिमी नगरपालिका ८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा पनि बरामद गरेको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको पाण्डेले बताए । प्रहरीले साहुको शव परीक्षणका लागि शिक्षण अस्पताल दुवाकोट पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै