Comments Add Comment

Advertisment

SKIP THIS

१३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

३ श्रावण , काठमाडौ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जबर्जस्ती करणीको आरोपमा पर्साको ठोरी गाउँपालिका-५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनिलकुमारले ती बालिकालाई गत असार २८ गते दिउँसो आफ्नै नाबालक छोराहरूसँग खेल्न आएको मौकामा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीउपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment