१५ असार , काठमाडौं । बाँकेमा १८५ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको टोलीले नरैनापुर गाउँपालिका–६, दोन्द्राका ५० वर्षीया अनिता मौर्यासहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले मौर्यासहित चारजनाको घर ‘सर्च’ गर्दा गहुँको भुसभित्र लुकाइराखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । फरार दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






