Comments Add Comment

Advertisment

SKIP THIS

राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु

२४ असार , काठमाडौँ । दाङको देउखुरीमा‍ राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गढवाका अनुसार बाढीले बगाउँदा राप्ती गाउँपालिका-४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको मृत्यु भएको हो ।

हिजाे हँसिया, खुर्पा र फरुवामा आरन लगाउन मौरिघाटबाट गढवा गाउँपालिका-१ जेठान गाउँ जाने क्रममा चाैधरीलाई नदीले बगाएकाे थियाे। चौधरीलाई नदीले बगाएर देउखुरीको सिसहनियाँ—महदेवा जोड्ने पुल मुनि पुर्‍याएको थियो । चौधरीको शव पुलमुनि देखेपछि स्थानीयले हिजाे बेलुका प्रहरीलाई खबर गरेका थिए ।

चौधरीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment