Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

४ साउन , काठमाडौँ । उर्लाबारी नगरपालिका-२ केर्खाली चोक बस्ने २० वर्षीय नविन पुरी समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रमाडोल ६ सय ४४ क्याप्सुल र स्पास्पेन ७ सय २० ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको संयुक्त टोलीले नविन पुरीको घरबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-२ गुम्बाडाडास्थित सडकमा ना.२ ह ४४० नम्बरको अटोबाट करिब ३ सय ३५ केजी ३ सय ८१ ग्राम अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । बिषेश सूचनाको आधारमा बाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटो जाँच गर्दा १२ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद