Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिकाको डोजर पल्टीयो : काे थिए चालक ?

९ साउन , काठमाडौँ । तारकेश्वर नगरपालिकाको डोजर पल्टीएको छ । सोमबोर वडा नं ३ जितपुरफेदी आठमईल सडकमा पहिरोको माटो पन्छाउने क्रममा तारकेश्वर नगरपालिकाको बा १ ग ३०१५ नम्बरको डोजर पल्टीएको हो ।

डोजर पल्टीदा कुनै मानबिय क्षती नभएको स्थानिय बासीको भनाई छ । पूर्व नगर प्रमुख रामेश्वर बोहाराले नियुक्ती गरेका कर्मचारीहरुलाई बिभिन्न दवावमा निकाल्ने योजना अनुरुप सो डोजर चालक प्रकाश श्रेष्ठले गत शुक्रबार नगरपालिकामा चावी बुझाउनुभएको थियो ।

तत् पश्चात नयाँ डोजर चालक अमृत बजगाँई डोजर चालकमा नियुक्ती भएका थिए । डोजर के कारणले पल्टीयो भन्ने बिवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment