११ भदौ , काठमाडौ । ट्राफिक प्रहरीले गोकर्णेश्वरबाट स्कुटर चोरीमा संलग्न १ जनालाई स्कुटर चोरी गरि भाग्दै गर्दा पक्राउ गरेको छ ।
महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बा७०प ५०५३ नम्वरको हरियो रंङको डिओ स्कुटर लिई हिडिरहेको अवस्थामा गोकर्णेश्वरको अर्यालगाउँबाट चालकसहित नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
पक्राउ पर्नेमा जिल्ला सिराहा कर्जना नगरपालिका वडा नं.२ भुल्के घर भई काठमाण्डौ गौरीघाट बस्ने वर्ष २४ को अर्पण महत रहेको छ ।
उक्त स्कुटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्वर नयाँबस्ती बस्ने प्रविन श्रेष्ठले ९ गते अन्दाजी १२ बजे हराएको भनी हुलिया सहित जानकारी दिएका थिए भने सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको हो ।
अनुसन्धानको क्रममा उक्त स्कुटरको वास्तविक नं.परिबर्तन गर्ने अवसरको खोजी गर्दै हिडेको अबस्थामा दिउसो ४ बजे महत पक्राउ परेका हुन । स्कुटर धनी श्रेष्ठको निवेदनका आधारमा स्कुटर सहित मानिसलाई थप अनुसन्धान एव कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले बताउनुभयो ।







